logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडियो: महासचिव पोखरेल

    बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडियो: महासचिव पोखरेल

    2.9K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको बताएका छन् । आईतबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरुप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्क समेत गरे ।

    महासचिव पोखरेलले राजस्व वृद्धि हुने बस्तुहरुको अतिधेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभएपनि आगामी आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर हुने हावादारी कुरा उल्लेख गरिएको बताए । उनले लगानी बढाउने अवस्था नभएकाले आर्थिक वृद्धिदर हुने कुनै आधार नरहेको पनि पटकपटक दोहार्याए ।

    महासचिव पोखरेलले भने, ‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । निराशाको परिणाम के हुन्छ भन्ने कुरा चाँही सहरी क्षेत्रका मतदाताले मूलधारका राजनीतिक पार्टीप्रति देखाएको असन्तुष्टिले प्रकट गरिसकेको छ भन्ने मलाई लाग्दछ । यो राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठूलाठूला कुरा गरिएको छ । समग्रमा भन्नु हुन्छ भने–यो व्यापारिक पूँजीवाद वा दलाल नोकरशाही पूँजीवादको हिमायतीको रुपमा प्रकट भएको छ । अघिल्लो वर्ष यतिधेरै स्पोन्ट आईरन आयात गरिएकी प्लेट आईरनको उद्योगनै धराशायी भयो । राजस्व वृद्धिका लागि कुनै सम्भावना नहुने गरी बस्तुको आयात गरिएको हुन्छ । अनि कसरी राजस्व वृद्धि हुन्छ, मुलुकको समृद्धि हुन्छ ?’

    महासचिव पोखरेलले बैंकहरुले लगानी गर्ने अवस्था नभएको बेला आगामी आर्थिक वर्ष उत्पादन वृद्धि गर्ने सरकारले सोच नै बस्तुपरक नभएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend