logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भारतमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु

    भारतमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु

    2.8K
    Shares
    भारतमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु

    एजेन्सी । आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके(०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई भने– दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । एनडीआरएफको टोलीले उद्धार कार्य जारी राखेको छ । उत्तराखण्डका मुख्यमन्त्रीले प्रकोप नियन्त्रण कक्षबाट उद्धार कार्यको निगरानी गरिरहेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार राति देहरादून पुगेका छन् ।

    पुरालाका एसएचओ अशोक कुमारले भने–गहिरो खाडल र अन्धकारका कारण शव सडकसम्म लैजान समस्या भएको छ । उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend