आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

फेसबुक मार्फत प्रेमिका बनाइएकी एक किशोरीलाई ‘बर्थ डे’ मनाउन बोलाएर सामूहिक बलात्कार

फेसबुक मार्फत प्रेमिका बनाइएकी एक किशोरीलाई ‘बर्थ डे’ मनाउन बोलाएर सामूहिक बलात्कार

बाँके । फेसबुक मार्फत चिनजान भएर प्रेमिका बनाइएकी एक किशोरीलाई आफ्नो ‘बर्थ डे’ मनाउन बोलाएर बाँके जिल्लाका एक युवकले साथीसँग मिलेर सामूहिक बलात्कार गरेका छन् । प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका–८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो बलात्कार गरेका हुन् ।

सामूहिक बलात्कारमा संलग्न पाँचजना र घटनामा सहयोगी भूमिका निर्वाह गरेका दुई जनासहित सात जनालाई प्रहरीले आइतबार पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

डीएसपी न्यौपानेका अनुसार कथित प्रेमी भनिएका चौधरी, विक्रान्त थारु, निराजन थारु, प्रवीण थारु र राजकुमार थारु बलात्कार अभियोगमा पक्राउ परेका छन् भने विश्वनाथ थारु र निर्देश थारूलाई घटनामा सहयोगी (मतियार) को भूमिका निर्वाह गरेको अभियोगमा पक्राउ गरिएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend