logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला

    धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला

    2.3K
    Shares

    जनकपुरधाम । धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ । सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भएको अहिले जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही एकसाता अघि बेपत्ता भएका थिए ।

    गत १७ जेठमा एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारले जनाएको थियो। उनको खोजतलास गर्दै आए पनि भेटिएको थिएन। अहिले बालकको शव फेला परेको हो।

    बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो। जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ वसविट्टीस्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त राजौरेले जानकारी दिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend