
काठमाडौं । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो ।
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।
छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend