काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा नदेखेपछि आक्रोशित बने । उनले भने, प्रतिनिधि सभाको सदस्यको हैसियतले जनताको प्रतिनिधिको हैसियतले यो जबाफदेही व्यवस्था हो भन्ने स्मरण गराउन चाहन्छु । देशको अर्थतन्त्र सङ्कटग्रस्त छ । हामी यसमा छलफल गर्दै छौ अर्थमन्त्री हुनुहुन्न ।
सोही समय सभामुख अग्नि सापकोटाले अर्थमन्त्री आएर आफूलाई जानकारी गराएर गएको बताए । उनले भने, मेलै आँखाले पनि देखे उहाँ अस्वस्थ हुनुभएर बिदा मागेर जानु भएको छ र माननीय शिक्षामन्त्रीलाई वहाँले मेरो मन्त्रालयमा उठेका कुराहरू टिपोट गर्न भनेर जानुभएको छ । यो मानवीय कुरालाई ख्याल राखौँ ।
त्यो सुनेपछि भीम रावलले भने, सम्माननीय सभामुख महोदयबाट अब माननीयकै दृष्टिकोणबाट बजेट बनाउँदा थकाइ पनि लाग्यो होला के भयो कसो भयो । वहाँलाई बिसन्चो छ भन्दा सदनबाट प्रतिनिधि सभाको सदस्यको हैसियतले माननीय अर्थमन्त्रीको सुस्वास्थ्यको कामना गर्न चाहन्छु । वहाँलाई काठमाडौंको सबैभन्दा राम्रो अस्पतालमा लगेर यो बजेटमा उठेका प्रश्नको जवाफ दिने गरि वहाँको आजै अस्पतालमा लगेर परीक्षण गराइ वहाँलाई स्वास्थ्य बनाइ हामीलाई जानकारी गराइयोस् भनेर हार्दिक अनुरोध गर्न चाहन्छु ।