logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • गगन थापासंग चुनाव लड्दै सेयर सुन्दरी राधा

    गगन थापासंग चुनाव लड्दै सेयर सुन्दरी राधा

    34.9K
    Shares
    गगन थापासंग चुनाव लड्दै सेयर सुन्दरी राधा

    काठमाडौं –  सेयर बजारमा सेयर सुन्दरीको रुपमा परिचित नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल आगामी प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन लड्ने तयारी गरेकी छन्।  स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरुलाई खुलेर साथ र सहयोग गरी पोखरेल संघीय संसदको निर्वाचन लड्न लागेकी हुन्  ।

    उनले चर्चित नेता तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र रोजेकी छन् । पोखरेल ४ नं क्षेत्रकै मतदाता समेत रहेकी उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी चुनाव लड्न  लागेकी हुन्   ।

    पोखरेल निकट स्रोतका अनुसार उनले संसदीय चुनाव स्वतन्त्रबाट भिड्ने तयारी गर्दै भित्रभित्रै च्यानल तयार पारिसकेकी छन् । सेयर बजारका यावत समस्यालाई लिएर पोखरेल चार बर्षदेखि लगानीकर्ताको पक्षमा आवाज उठाउदै आएकी छन् ।

    महिला तथा बालबालिका, आर्थिक, सामाजिक क्षेत्रमा रहेका विकृति विसंगतिलाई खरो रुपमा उठाउदै आएकी पोखरेल कोरोना, भुकम्प , बारा पर्सामा गएको हावा हुरी , बिभिन्न ठाँउमा गईरहने बाढी पहिरो लगाएतबाट पिडित मानिसलाई सामाजिक अभियान्ताको रुपमा सहयोग गर्दै आएकी  थिइन् । स्नातकोत्तरसम्मको अध्यन पुरा गरेकी  पोखरेल अब राजनीतिमा लागेर देश बनाउनका साथै सेयर बजारका समस्यालाई जरै देखि निर्मुल गर्ने बताउदै आएकि छिन् ।

    स्रोतका अनुसार महानगरमा स्वतन्त्रबाट बालेन साहले शानदार जित हासिल गरेपछि लगानीकर्ताहरुवाट पोखरेललाई राजनीतिमा आउन देश विदेशबाट दबाब आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend