२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

जनतासामु निहुरिन सक्नुपर्छ : एमाले सचिव कार्की

आइतवार , आषाढ १४, २०८३

विराटनगर । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेता र कार्यकर्ता दुवैले आत्मसमीक्षा गर्दै सचिनुपर्ने बताएका छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आइतबार विराटनगरमा आयोजित ‘मिसन जागरण अभियान २०८३’ को शुभारम्भ कार्यक्रममा बोल्दै कार्कीले नेता–कार्यकर्ता नसच्चिने हो भने पार्टी अझ कमजोर अवस्थामा पुग्ने चेतावनी दिए ।

उनले विभिन्न जिम्मेवारीमा रहेका नेताहरू जनतासँग प्रत्यक्ष जोडिने भएकाले अरूले जे भने पनि अनुशासनमा रहेर काम गर्नुपर्ने बताए । मदन भण्डारीको स्मरण गर्दै उनले भण्डारीले “जनता नै सबै निर्णय गर्ने शक्ति हुन्“ भन्ने विचारलाई आत्मसात् गरेको उल्लेख गरे ।

“अब हामी जनता सामु निहुरिन सक्नुपर्छ,’’ उनले भने, “जनता किन रिसाइरहेका छन् भन्ने कुरा बुझेर व्यवहार परिवर्तन गर्न जरुरी छ ।’’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतले पार्टी सञ्चालनका लागि स्पष्ट सिद्धान्त आवश्यक पर्ने बताए । उनले एमालेका नीति, विचार र एजेन्डा जनतामाझ पु¥याई पार्टीप्रति आकर्षण बढाउने उद्देश्यसहित ‘मिसन जागरण अभियान २०८३’ सुरु गरिएको जानकारी दिए ।

बस्नेतले एकअर्कालाई दोषारोपण गर्नुभन्दा जनमैत्री ढंगले अघि बढ्दै जनताको सेवामा समर्पित हुन नेता–कार्यकर्तालाई आग्रह गरे ।

त्यसैगरी नेता विनोद ढकालले मदन भण्डारीको सादगीपूर्ण जीवनशैली र विचारलाई वर्तमान नेतृत्वले पूर्ण रूपमा अनुसरण गर्न नसकेको टिप्पणी गरे । उनले नेताहरू जनताभन्दा पद र नेतृत्व केन्द्रित बन्दै गएको कारण पार्टीभित्र समस्या देखिएको बताए ।

ढकालले संकटका बेला पार्टीलाई साथ दिनुपर्ने उल्लेख गर्दै कठिन समयमा पार्टी छाड्नेहरू सच्चा कार्यकर्ता हुन नसक्ने बताए । उनले घर–घरमा पुगेर पार्टीको विचार, अवस्था र नीति जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रम आयोजक एमाले महानगर कमिटीका अध्यक्ष बलराम गिरीले टोल–टोलमा भेला आयोजना गर्दै घरदैलोमार्फत अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले महानगरभित्र रहेका जनसंगठनलाई थप सक्रिय र क्रियाशील बनाइने प्रतिबद्धता व्यक्त गरे ।

विराटनगरमा आयोजित उक्त कार्यक्रममार्फत नेकपा एमाले महानगर कमिटीले ‘मिसन जागरण अभियान २०८३’ औपचारिक रूपमा शुभारम्भ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट