काठमाडौं / सामाजिक सञ्जालमा सक्रिय रहने श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले नेपाली राजनीतिमा बन्ने र बिग्रने गठबन्धनलाई लिएर कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै राजनीतिक समीकरणलाई अस्वाभाविक रूपमा नहेर्न आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आए कतिको अचम्म मान्लान् त ?’
साम्पाङले नेपाली राजनीतिमा विचार, परिस्थिति र उद्देश्यअनुसार नयाँ सहकार्य सम्भव हुने सन्देश दिन खोजेको अर्थ लगाइएको छ। पछिल्लो समय वैकल्पिक राजनीति, स्वतन्त्र नेतृत्व र नयाँ राजनीतिक ध्रुवीकरणबारे भइरहेका बहसबीच उनको अभिव्यक्ति आएको हो।
प्रतिक्रिया दिनुहोस