मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

मिटरव्याजीहरुलाई तत्काल कारबाही गर्नुपर्छ: गिरिराजमणि पोखरेल

मिटरव्याजीहरुलाई तत्काल कारबाही गर्नुपर्छ: गिरिराजमणि पोखरेल

काठमाडौं । प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलले महोत्तरी र सर्लाही जिल्लामा मिटरव्याजीहरुले स्थानीयलाई ठगि गरिरहेको उल्लेख गर्दै मिटरव्याजीहरुलाई कारबाहीको माग गरेका छन् । उनले यो वर्ष सरकारले अपराधको सूचीमा मिटरब्याजीलाई पनि सामेल गरेको उल्लेख गर्दै यसको लागि कानून, प्रहरी, प्रशासन र अदालत सबै तयार भइनसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले मिटरब्याजी विरुद्धको आन्दोलनलाई राष्ट्रिय विषय बनाउने सर्लाहीका डाचाराज वाग्लेको प्रतिगमन विरोधी आन्दोलनको क्रममा रहस्यमय मृत्यु भएको र सरकारले राम्रोसँग अनुसन्धान नगरेको भन्दै उच्चस्तरिय अनुसन्धान गर्न माग गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend