logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा परराष्ट्र नीति संचालन गर्न सांसद संग्रौलाको माग

    राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा परराष्ट्र नीति संचालन गर्न सांसद संग्रौलाको माग

    1.8K
    Shares

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य सांसद डा. डिला संग्रौलाले राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा मूल मुद्दाहरुमा राष्ट्रिय सहमति कायम गरी परराष्ट्र नीति संचालन गर्न माग गरेकी छन् । नेपाल कुनै शक्ति राष्ट्रसंग नजिक बन्न खोजि रहेको हो कि भन्ने आशंका बढीरहेका बेला सांसद संग्रौलाले नेपाल जस्तो मुलुकको स्वाधीनता र सार्वभौमसत्ता मात्रै हैन, आर्थिक उन्नतिको लागि पनि सन्तुलित र परिपक्व विदेश नीति आवश्यक भएको बताइन् । त्यसैले कुनै पनि छिमेकी तथा विश्व शक्ति राष्ट्रसंग धेरै नजिक वा धेरै टाढाको सम्बन्ध नराखेर, राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा र मूल मुद्दाहरुमा राष्ट्रिय सहमति कायम गरी हाम्रो विदेश नीति संचालन गर्न म सरकारलाई आग्रह गर्दछु, उनले भनिन्।

    शुक्रबार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयका लागि गरिएको बजेट विनियोजन सम्बन्धी छलफलमा भाग लिंदै सांसद संग्रौलाले नेपालका सबै कूटनीतिक नियोगहरुको ‘पर्फर्मेन्स अडिटु गर्न, अनावश्यक नियोगहरुलाई बन्द गर्न र भर्चुएल कूटनीति संचालन गर्ने तर्फ जोड दिनु पर्ने बताइन् ।

    संसारभरि रहेका गैरआवासीय नेपालीहरु हाम्रा अवैतनिक राजदूत पनि हुन्। विदेशमा रहेका नेपाली रेस्टुरेन्टहरु, नेपाली संघसंस्था तथा गैरआवासीय नेपाली संघसंग सहकार्य गरी नेपालमा पर्यटन र लगानी भित्र्याउन विशेष जोड दिन म आग्रह गर्दछु, उनले भनिन्।

    अन्वेषक देवराज दाहालले लेख्नु भएको भूमण्डलीकरण भएको वर्तमान विश्वमा साना राज्यहरु नामको अंग्रेजी पुस्तकको चर्चा गर्दै सांसद संग्रौलाले परराष्ट्र मंत्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई उक्त पुस्तक पढ्न अनुरोध गरिन् । एकातिर भूमण्डलीकरणले गर्दा झन्डै ५० लाख नेपालीहरु विदेशमा गएर काम गरिरहेका छन्, उनीहरुले पठाएको रेमिटान्सले हाम्रो अर्थतन्त्रलाई भरथेग गरिरहेको छ। अर्कोतर्फ मुलुकले ठूलो सामाजिक, आर्थिक र राजनीतिक मूल्य चुकाउनु परिरहेको छ, उनले भनिन्।

    बजेटमा नेपालको आर्थिक कूटनीतिलाई वैदेशिक लगानी, निर्यात व्यापार, पर्यटन प्रवर्धन, विकास सहायता परिचालन, प्रविधि हस्तान्तरण जस्ता क्षेत्रमा परिचालन गर्ने कुरा उल्लेख छ। यो लक्ष्यको बारेमा खासै विवाद नहोला, तर यो उद्देश्य प्राप्तिका लागि हामी के कति श्रोत साधन परिचालन गर्न तयार छौं भन्ने कुरा महत्वपूर्ण छ जस्तो लाग्छ, नेपाली कांग्रेस की केन्द्रीय सदस्य पनि रहेकी सांसद संग्रौलाले भनिन्।

    उर्जा मन्त्रालयको बारेमा बोल्दै सांसद संग्रौलाले बजेटमा आगामी दुइ वर्ष भित्र सबै नागरिकहरुलाई विद्युत सुविधा उपलब्ध गराउने प्रतिबद्धता स्वागतयोग्य भएको बताइन् । उनले सौर्य, वायु लगायत नवीकरणीय उर्जाको विकासका लागि ठोस कार्य योजना ल्याउन पनि माग गरिन् ।

    गृह मन्त्रालयका लागि गरिएको बजेट विनियोजन बारे बोल्दै सांसद संग्रौलाले दुइ वर्ष भित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने प्रतिबद्धता स्वागतयोग्य भएको बताइन् । उनले जेलहरुको स्थिति दयनीय रहेको, नेपाल प्रहरीलाई जनताको सेवक हैन सत्ताको सेवक बन्न सिकाइएको, प्रहरी संगठनलाई प्रदेश सरकार अन्तर्गत लैजाने काम अगाडी नबढेको भन्दै सीमा सुरक्षामा सशस्त्र प्रहरीलाई साधन र अधिकार सम्पन्न बनाउन पनि सुझाव दिइन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend