
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद डा. डिला संर्गौलाले आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरुले उठाएका सबै कुरा सरकारले सम्बोधन गर्ने दावी गरेकी छन् । शुक्रबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सांसद संग्र्रौंलाले कर बढेकोलगायतका विषयमा सभामुख अग्नीप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नु भएकोले त्यस्ता विषय कार्यान्वयन गरेर जान सम्बन्धित मन्त्रीहरु समक्ष हुने विश्वास समेत व्यक्त गरिन् ।
उनले बजेट राम्रो आएकाले त्यसको कार्यान्वयनमा ढिलाई नहुने तर्क समेत गरिन् । सांसद संग्र्रौलाले भनिन्, ‘कर बढि राख्या छ । यी विषयहरु सबै संसदमा उठेका छन । सम्बन्धित निकायले यसलाई ध्यानाकर्षण गर्ला । अहिले माननीयहरुले उठाएको कुरामा पनि सभामुखले रुलिङ गर्नु भएको छ । सम्बन्धित मन्त्रीले कार्यान्वयन गर्नुहुन्छ ।’
सांसद संग्र्रौलाले बजेटले आयात प्रतिस्थापन गरेर मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन कृषि क्षेत्रको विकासमा जोड दिएको पनि बताईन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend