शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आगामी निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरी कानूनी सुधार गर्न सरकारलाई निर्देशन

आगामी निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरी कानूनी सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले आगामी निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरी कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्नेगरी कानूनी सुधार गर्न निर्वाचन आयोग र नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

कानून संशोधन गर्नुपर्ने भए संशोधन गर्न र कानूनी व्यवस्था नभए नयाँ बन्ने कानूनमा महिला प्रतिनिधित्व सुनिश्चित हुनेगरी व्यवस्था गर्न सरकारलाई लेखि पठाउने निर्णय गरिएको समिति सभापति दिलकुमारी रावल थापाले बताईन् । उनले भनिन्– ‘आजको छलफलबाट हामी निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनसँगै आगामी हुने स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्ने सवालमा अब बन्ने कानून र संशोधन गर्ने कानून प्रणालीमा सुधार लगायत आवश्यक व्यवस्था गर्न हामी निर्वाचन आयोग र नेपाल सरकारलाई समितिको तर्फबाट आवश्यक निर्देशन लेखिपठाउने व्यहोरा म जानकारी गराउँछु ।’

समितिको बैठकमा राष्ट्रिय सभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा महिला सहभागिता अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै महिला जनप्रतिनिधिहरुको संख्यामा वृद्धि गरिनुपर्ने धारणा ।ाखेकी थिईन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend