शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अनाधिकृत व्याक्तिको रहोबरमा करको दर हेरफेर गरेको भन्दै एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

अनाधिकृत व्याक्तिको रहोबरमा करको दर हेरफेर गरेको भन्दै एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं । बजेट निमाृण गर्दा करका दर हेरफेरमा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको र करका दरमा हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग गरेको छ । नीतिगत भ्रष्टाचार भएको विषयमा सरकारको जवाफ नआएको भन्दै गम्भीर विषयमा प्रस्ट नभएसम्म सदनको कारबाही पनि अघि नबढाउन एमालेले सभामुखलाई आग्रह गरेको छ ।

त्यसपछि एमाले सांसदले उठेर संसद बैेठक अवरुद्ध गरेका थिए । लगत्तै सभामुखले एमालेको मागबारे आफ्नो ध्यानाकर्षण भएको बताएपछि शर्तसहित सदनको कारबाही अगाडि बढेको छ ।

प्रतिनिधिसभाको मंगलबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेका थिए । एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करका दर हेरेफेर, स्टिल उद्योगका सुविधा कटौति गरेर निश्चित व्यापारीलाई पोस्ने काम भएको र अन्य धेरै नीतिगत भ्रष्टाचार बजेटमा देखिएको बताए ।

पाण्डेले स्यानिटरी प्याडमा धेरै कुरा उठेको र समग्रमा ८ प्रतिशतसम्म भन्सार कर लगाइएको भन्दै कसको संलग्नतामा गरिएको हो भन्ने प्रश्न उठाउँदै प्रस्ट जवाफ माग गरेका छन् । पाण्डेले धेरै गम्भीर प्रश्न उठेकाले अर्थमन्त्री पदमा बस्न लायक नरहेको भन्दै संसदलाई जवाफ नआएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने बताए ।

उनले यो विषयमा प्रधानमन्त्रीको समेत ध्यानाकर्षण हुनुपर्ने बताए । संसदले छानबिन गर्नुपर्ने भन्दै पाण्डेले अर्थमन्त्रीले नैतिक हिसाबले मन्त्रालयमा बस्न नमिल्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend