आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

महोत्तरीमा घरमा आगलागी, ४ लाखको क्षति

महोत्तरीमा घरमा आगलागी, ४ लाखको क्षति

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा रहेको एक घरमा आज बिहान आगलागी हुँदा चार लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय सरोज तोलागेंको दुईतल्ले काठको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट नगद, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर सहितका सरसामानहरु जलेर नष्ट भएको छ । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend