काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको हो ।
पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।