logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सुरुङ सुरक्षाको लागि वर्षा यामसम्म मेलम्ची खानेपानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको हो: खानेपानीमन्त्री चौंधरी

    सुरुङ सुरक्षाको लागि वर्षा यामसम्म मेलम्ची खानेपानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको हो: खानेपानीमन्त्री चौंधरी

    2.4K
    Shares
    सुरुङ सुरक्षाको लागि वर्षा यामसम्म मेलम्ची खानेपानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको हो: खानेपानीमन्त्री चौंधरी

     

    काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौंधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौंधरीले सो स्पष्टिकरण दिएका हुन् ।

    उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिष्टम, विज्ञहरुबाट प्राप्त सूचना र सुझावको आधारमा सो आयोजनाको पानी काठमाडौं ल्याउन यामसम्मका लागि बन्द गरिएको जानकारी गराए । मन्त्री चौंधरीले वर्षायाम सकिने वित्तिकै सो आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको बताए । यस अवधिमा काठमाडौंबासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भईरहेको उनको भनाई थियो ।

    मन्त्री चौधरीले काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भईरहेको समेत बताए ।

    मन्त्री चौैंधरीले काठमाडौं उपत्यकाको चक्रपथ भित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पु¥याउनका लागि पाईपलाईन सञ्चाल विस्तारको काम भईरहेको पनि बताए । उनले स्वच्छ खानेपानीको उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सोही अनुसार खानेपानीको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पटकपटक दोहोर्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend