शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

निर्वाचन आयोगले असार १ गते देखि मतदाता नामावली संकलन गर्ने

निर्वाचन आयोगले असार १ गते देखि मतदाता नामावली संकलन गर्ने

 

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असार १ गते देखि मतदाता नामावली संकलन गर्ने भएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असार १ गते देखि मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन् ।

उनले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालय मार्फत नामावली संकलन र अध्यावधिक कार्य गरिने बताए । कुनै पेशा व्यवसायका कारण अर्को जिल्लामा रहेपनि सो जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताए ।

विवाह वा अन्य कुनै कारणले अर्को जिल्लामा मतदाता नामावली सार्न चाहेमा सोही जिल्लामा निवेदन दिने र सो कार्यालयबाट प्राप्त पत्र नयाँ जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend