logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह

    आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह

    1.8K
    Shares

    काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गएको स्थानीय तह सदस्य निर्वाचनको पर्यवेक्षणबारे जानकारी गराउँदै आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष प्रदीप पोखरेलले कारणवश मतदानको दिन उपस्थित हुननसक्ने र मतदानअघि विदेश जाने, वृद्ध, अपाङ्गहरुको सुविधाको लागि अली भोटिङ सिस्टमको व्यवस्था मिलाउन अत्यावश्यक रहेको पर्यवेक्षणले देखाएको बताए । उनले आचारर्सहीता बाध्यतावश नभइ नियतवश सचेतरुपमा स्वच्छन्दतापूर्वक उल्लंघन गर्ने प्रवृति संस्कारको रुपमा विकसित भएको पर्यवेक्षणले देखाएको ताए । अध्यक्ष पोखरेलले मतपत्रका प्रतिष्पर्धी उम्मेदवारको मात्र चिन्ह रहने गरी सम्बन्धित प्रदेशस्थित आयोगको कार्यालयमापःृत नै छाप्ने व्यवस्था मिलाउनुपर्ने, राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धमा निर्वाचन आयोगले तत्काल आवश्यक नीति निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए ।

    उनले सामाजिक सञ्जालको प्रयोगमा भएको छाडापन, प्रचारबाजीलाई नियन्त्रण तथा दण्ड व्यवस्थापनमा प्रभावकारी बनाइनुपर्ने, उम्मेदवारहरुको घरदैलो कार्यक्रममा सय÷पचास जना लावलस्कर लिएर जाने र उनीहरुको लागि खाजा, खाना लगायतको व्यवस्था गर्नुपर्ने भएकोले तोकिएको सिमित खर्चमा प्रचारप्रसार गर्न सकिने अवस्था नरहेकोले त्यसकिसिमका कार्यलाई निरुत्साहीत गर्न सिमित संख्याको व्यवस्था गर्नुपर्ने, ग्रामिण तहमा मताधिकार प्रयोग गर्ने सवालमा महिलाहरुमा घरमुलीको निर्णय बाध्यात्मक देखिइकोले त्यसलाई रौक्न चेतनास्तर बढाउनुपर्ने आवश्यक रहेको बताए ।

    गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले नै आचारसंहीता पालना नगरेको पाइनु दुःखद् रहेको बताऐ । उनले विदेशमा भएका नेपालीहरुको लागि मताधिकारको प्रयोग गर्न पाउने सुनिश्चितता खोज्नुपर्ने, सर्वोच्च अदालतलेसमेत निर्देशनात्मक आदेश गरिसकेको अवस्थामा राइट टू रिजेक्ट वा नो भोटलाई मतपत्रमा समावेश गर्न आवश्यक पहल गर्नुपर्ने, म्यादी प्रहरीको स्थानमा छोटो समयको लागि सुरक्षा स्वयं सेवकको व्यवस्था गर्न उचित हुने पनि पर्यवेक्षणबाट प्राप्त भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend