काठमाडौं । नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा उठेका प्रश्नहरूमाथि जवाफ दिइरहँदा एमालेले संसद अवरोध गरेको हो ।
प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री शर्माले बजेट बनाउँदा बिचौलिया छिराएको र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग एमालेको छ ।
अर्थमन्त्रीले सो दिन आफू साढे ११ बजेपश्चात् पुल्चोकमा रहेको मन्त्री क्वार्टरमा गएर आराम गरेको पनि बताए ।