logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अमेरिकी एसपीपीमा नेपाल सरकार आवद्ध छैन: गृहमन्त्री खाँण

    अमेरिकी एसपीपीमा नेपाल सरकार आवद्ध छैन: गृहमन्त्री खाँण

    2.5K
    Shares
    अमेरिकी एसपीपीमा नेपाल सरकार आवद्ध छैन: गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सरकार आवद्ध नभएको बताएका छन् । बिहीवार विनियोजन विधेयकअन्तर्गत रक्षा मन्त्रालयको तर्फबाट सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री खाँणले यस्तो जवाफ दिएका हुन् ।

    उनले अमेरिकाको स्टेट पार्टनरसिप(एसपीपी) कार्यक्रममा आवद्ध हुने सरकारको कुनै योजना नभएको दाबी गरे । गृहन्त्री खाँणले नेपाल सरकार एसपीपीमा आवद्ध हुने सोचमा पनि नभएको भन्दै नोपल राष्ट्र संघको सदस्य भएकाले कुनै पनि देशको सैन्य गठबन्धनमा जोडिन नसक्ने बताए । उनले नेपालको भूमि मित्र राष्ट्रहरुलाई प्रयोग गर्न नदिन सरकार पूर्ण प्रतिवद्ध रहेको बताए । उनले भने,‘हाल चर्चामा रहेको अमेरिकाको स्टेट पार्टनरसिप (एसपीपी) कार्यक्रममा नेपाल आवद्ध हने कुनै योजना छैन । यसबारेमा कुनै छलफल पनि भएको छैन । नेपाल सरकार यसमा आवद्ध हुने सोचमा पनि छैन । नेपाल राष्ट्र संघको सदस्य भएकाले कुनैपनि देशको सैन्य गठबन्धनमा जोडिन पनि सक्दैन । नेपालको भूमि मित्र राष्ट्रहरुलाई प्रयोग गर्न नदिन सरकार पूर्ण प्रतिवद्ध रहेको छ । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएकाले हामी कुनैपनि सैन्य गठबन्धनको हिस्सा बन्न सक्दैनौँ । हामी सदस्य भएका छैनौँ, सदस्य हुने कुनै सोच पनि छैन । यसमा नेपाल संलग्न हुँदैन, हुँदैन, हुँदैन।’

    गृहमन्त्री खाँणले सांसदहरुले एमसीसी र एसपीपीलाई एकैठाउँ जोडेर हेर्न नहुने बताए । उनले एमसीसी नेपालको गरिबी निवारण,रोजगारी वृद्धि , भौतिक पूर्वाधारको विकाश र विद्युत सडकमा अनुदान दिने सहमति भएको बताए । मन्त्री खाँणले एमसीसी परियोजना आर्थिक र विकास परियोजना भएकाले संयुक्त राष्ट्रसंघमा छलफल भएर अगाडि बढेको जिकिर गरे । एमसीसी पास गर्छौं, भनेर पहिलादेखि भनेको भन्दै मन्त्री खाँणले एसपीपी कार्यक्रममा सहभागि हुँदै नहुने बताए ।

    उनले भने,‘एमसीसी र एसपीपीलाई एकै ठाउँ जोडेर हेर्न हुँदैन । एमसीसी नेपालको गरिबी निवारण,रोजगारी वृद्धि , भौतिक पूर्वाधारको विकाश र विद्युत सडकमा अनुदान दिने सहमति भएको हो । एमसीसी आर्थिक र विकास परियोजना हो। यसबारे संयुक्त राष्ट्रसंघमा पनि छलफल भएको छ। एसपीपी सैन्य कार्यक्रम हो । एमसीसीमा नेपालले छानेका परियोजना कार्यान्वयन हुन्छ । एमसीसी पास गछौं भनेर पहिला देखि भनेको हौं पास पनि गरौं तर एसपीपी कार्यक्रममा सहभागि हुँदै हुँदैनौं भनेका छौं सहभागी हुँदैनौं । एसपीपीमा हामी सदस्य नभएपछि यो हाम्रो सरोकारको विषय होइन।’

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend