आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

संसद छलेर एक्सपो उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले भने-व्यापार घाटा कम गर्न मुलुकलाई चुनौती छ

संसद छलेर एक्सपो उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले भने-व्यापार घाटा कम गर्न मुलुकलाई चुनौती छ

काठमाडौं । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । नेपाल चेम्बर एक्स्पो २०२२ आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको हो । एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताए । स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

‘निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य विना सम्भवन हुँदैन, प्रधानमन्त्रीले भने ‘निकासी प्रर्वद्धन गर्दै व्यापार घाटालाई वान्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।’

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रर्दशनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याउने प्रधानमन्त्री देउवाको विश्वास छ । एउटै प्रर्दशनीमा धेरै किसिमका वस्तुहरु अवलोकन तथा खरिद बिक्री गर्न पाईने भएकाले उपभोक्ता तथा अवलोकनकर्तालाई प्रत्यक्ष फाईदा पुग्ने देउवाको भनाई छ ।

मुलुकको उद्यमशिलता विकास तथा निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसंग संधै हातेमालो गरेर अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाले जिकिर गरे । चेम्बर एक्स्पोले वस्तुहरुको बजारीकरण र उपभोक्ताबीचको रुचि र प्रवृत्तिलाई तालमेल पु¥याउन सक्नेमा समेत प्रधानमन्त्री देउवाले जोड दिए ।

यस्तै एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने र उद्यमी व्यवसायीलाई आफ्नो वस्तुको बजार विस्तार गर्न सहयोग पु¥याउने प्रधानमन्त्री देउवाले विश्वास लिएका छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend