
काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरी कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरी एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहेका सांसद गौतमले कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्नका लागिनै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पारे ।
नेपाललाई एउटा समृद्ध समाजवादमा पु¥याउने आशासहित गठन भएको नेकपा पार्टी भित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उनको भनाई छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले नेकपा गठनपछि जनता खुसी भएको तर पार्टी भित्रकै उत्पन्न समस्याहरुले सो पार्टीलाई विभाजित गरेको पनि स्मरण गराए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend