logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • लेवनान प्रस्थान गरे प्रधानसेनापति शर्मा, उतैबाट अमेरिका जाने (फोटोफिचर)

    लेवनान प्रस्थान गरे प्रधानसेनापति शर्मा, उतैबाट अमेरिका जाने (फोटोफिचर)

    4.7K
    Shares
    लेवनान प्रस्थान गरे प्रधानसेनापति शर्मा, उतैबाट अमेरिका जाने (फोटोफिचर)

    काठमाडौं । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा युएन मिसनको विविध पक्षहरु र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान गरेका छन् ।

    प्रधानसेनापति शर्माले असार ४ गतेदेखि १० गते सम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनान स्थित युएनआईएफआईएल मिसन र तत्पश्चात सिरिया स्थित युएनएफडिओ को निरीक्षण गर्नेछन् ।
    सो क्रममा प्रधानसेनापति शर्माले मिशनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने कार्यक्रम छ ।

    तत्पश्चात प्रधानसेनापति शर्मा अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    PR- प्रधान सेनापति औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान (1)

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend