
सुर्खेत । सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको थियो। गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटना हुँदा दुई जना त्यही ट्रकमा च्यापिएका थिए। उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
उनीहरूको सनाखत पनि भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ बस्ने २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका–१२ बस्ने २४ वर्षीय मिलन गुरूङको मृत्यु भएको हो। भीमबहादुर सो ट्रकका चालक हुन्।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो। प्रहरीले दुई जना ट्रकमुनी च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनको मद्दतबाट शव निकालेको हो।
सो ट्रक दाङबाट सिमेन्ट र र सरिया लोड गरी उक्त जाजरकोटका लागि छुटेको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend