सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन् अब दुबईमा खोल्छु : दुर्गा प्रसाँई

मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन् अब दुबईमा खोल्छु : दुर्गा प्रसाँई

झापा। मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले संयुक्त अरब इमिरेट्स दुबईमा मेडिकल कलेज खोल्ने बताएका छन् ।

झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित कार्यक्रममा प्रसाईँले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ दुबई मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौँ।’

नेपाल भ्रमणमा रहेका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनको दाबी छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend