logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जीवनलाई फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकरी सिद्ध: गृहमन्त्री खाँण

    जीवनलाई फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकरी सिद्ध: गृहमन्त्री खाँण

    2.7K
    Shares
    जीवनलाई फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकरी सिद्ध: गृहमन्त्री खाँण

     

    काठमाडौं । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणँले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मनमुटाव नराखी एक आपसमा सद्भाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए ।

    योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने समेत उनले जनाए । गृहमन्त्री खाँणले जीवनलाई शान्त, फलदायी र उत्पादनमुलक बनाउन योग प्रभावकारी सिद्ध भएको उल्लेख गरे ।

    ‘योग एवम् आसन, प्राणायाम मात्र होइन एक अनुशासित जीवनशैली पनि हो,’ उनले भने । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फुर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्दत गर्ने बताए ।

    ‘सकारात्मक सोँचले रिस द्वेष, बद्लाको भावनालाई समेत कम गर्छ । जसले समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ,’ उनले भने ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend