आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एसपीपीमा नेपाल आवद्ध हुदैन भनेर पत्र लेख्न देउवालाई महामन्त्रीद्धयको आग्रह

एसपीपीमा नेपाल आवद्ध हुदैन भनेर पत्र लेख्न देउवालाई महामन्त्रीद्धयको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी मा नेपाल आवद्ध हुन नसक्ने भनी अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी महामन्त्रीद्धयले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिएका हुन् ।

‘एसपीपीको च्याप्टर क्लोज गर्ने हिसाबले सरकारले संस्थागत रुपमा धारणा बनाउनुपर्छ भनेर सुझाव दियौं’ महामन्त्री शर्माले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सेनाको एसपीपी कार्यक्रममा सहभािगताको विषयलाई लिएर नेपालमा विवाद छ । सरकारले भने एसपीपीमा सहभागी नहुने मौखिक प्रतिक्रिया दिएको छ तर पत्र लेखेको छैन ।

छलफलका क्रममा पार्टीको आन्तरिक विषयमा समेत कुराकानी भएको नेताहरुले बताएका छन् । नीति महाधिवेशन,केन्द्रीय समितिको बैठक, विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व चयन तथा पूर्णता दिने विषयमा भेटमा छलफल भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend