logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • अपहरणमा परेको भन्दै परिवारसँग २० लाख फिरौती माग्ने युवक पक्राउ

    अपहरणमा परेको भन्दै परिवारसँग २० लाख फिरौती माग्ने युवक पक्राउ

    5.4K
    Shares

    काठमाडौं । अपहरणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ ३ घर भई हाल ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

    उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।

    विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्वीच अफ गरी परिवारलाई फिरौती रकम माग्‍न अपरहणको नाटक गरेको प्रहरीको भनाइ छ ।

    उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिपसमेत पठाएको प्रहरीको दाबी छ ।

    पक्राउ परेका उनीमाथि सार्वजनिक उपद्रो गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend