logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधि सभा बैठकको शुन्य: समय कसले के भने ?

    प्रतिनिधि सभा बैठकको शुन्य: समय कसले के भने ?

    5.3K
    Shares
    प्रतिनिधि सभा बैठकको शुन्य: समय कसले के भने ?

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला नेपालीले यस वर्ष बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद नेपालीले यस वर्ष वर्षाका कारण ठुलो जनधनको नोक्सानी हुनसक्ने भन्दै सरकारले बेलैमा ध्यान दिनुपर्ने बताईन् । उनले पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डमा पहिरोका कारण यात्रुले कष्ट भोगेको प्रति सरकारको ध्यानाकर्षण गराइन् ।

    प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्तले ट्राफिक प्रहरीले सवारी साधन चेक गरेर हैरान पारेको बताए । उनले सरकारले लाइसेन्स नहुनेलाई गाडी दिनु नहुने बताए । उनले गाडी आयात नगर्न र लाइसेन्स तुरुन्त दिन माग गरे ।

    प्रतिनिधि सभा सदस्य विमला बि.क.ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेलाई अपशब्द प्रयोग गरेका कारण सरकारले कारबाही गरे नगरेको बारे प्रश्न गरे । उनले मन्त्री आलेको सो शब्द गठबन्धन जोगाउने अमृतवाणी नै भयो कि भन्ने व्यंग्य समेत गरे ।

    प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले राजधानि काठमाडौंलाई जलमग्न हुनबाट बचाउन राजधानि काठमाडौंका प्राकृतिक खहरे खोला, राजकिलो, टुकुचा, धोविखोलालाई नापनक्सा गरी पूर्ववत अवस्थामा ल्याइनुपर्ने बताए । त्यसैगरी काठमाडौंका डाँडाँमा भइरहेका अतिक्रमण पनि रोक्नुपर्ने उनले बताए ।

    प्रतिनिधि सभा सदस्य भैरवबहादुर सिंहले जयपृथ्वी राजमार्ग अघिल्लो वर्षदेखि नै अवरुद्ध भएको भन्दै सो राजमार्ग सुचारु गर्न माग गरे ।

    प्रतिनिधि सभा सदस्य महेन्द्रकुमारी लिम्बुले सरकारसँग इन्धनको मुल्य घटाउन र बजारको अनुगमन गर्न माग गरे ।

    प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादवले नागरिकता विधेयक अविलम्ब संसदमा प्रस्तुत गरी समस्या समाधान गर्न अनुरोध गरे ।

    उनले नागरिकताको समस्यालाई मधेशको मात्रै समस्या नठानी राष्ट्रिय समस्याको रुपमा लिएर समस्याको समाधान खोज्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend