
काठमाडौं । बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन् ।
उनले भने, ‘देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदैछन् ।’ गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको उनको भनाइ छ । सबै नेपालमा नर्सिङ पढ्नै नपाइने उनको भनाइ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend