
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले आव २०७९/ ८०का लागि बजेट ल्याएको छ । पालिकाको ११औँ नगरसभाले हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६४ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको हो।
अगार्निक व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै जैविक कृषि उत्पादन र पशुपन्छीजन्य उत्पादन बढाइ व्यावसायिक र औद्योकीकरण गर्न टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्ने विषय हलेसी तुवाचुङकाे नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।
पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाभित्रका पर्यटकीय हिसाबले महत्वपुर्ण रहेका ठाउँको संरक्षण र व्यवस्थापनमा बिशेष ध्यान दिने, अन्य धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान गरी संरक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा नगरपालिकालाई माशुमा आत्मनिर्भर बनाउने, बाली तथा पशु बीमा कार्यक्रमलाई कार्यन्वयन गर्ने, एक वडा एक कृषिरपशु पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने, बाझो जमिनमा विभिन्न फलफुल खेती गर्नेलाई नगद प्रोत्साहन स्वरुप प्रदान गर्ने, रिचार्ज पोखरी निर्माण गर्ने लगायतका विषय राखिएकाे छ ।
साथै पालिकाले डक्टर, इन्जिनियर र पाइलट अध्ययन गर्न चाहाने विपन्न जेहेन्दार तथा विद्याबारिधि गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यावस्थासमेत गरेकाे छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend