आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार अनिवार्य गरौं: निलकण्ठ उप्रेती

सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार अनिवार्य गरौं: निलकण्ठ उप्रेती

 

काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दलहरुले सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले संविधानको धारा ३८ अनुसार समानुपातिक समावेशी अनुसार कानुन नबनाएकोमा पनि प्रश्न उठाए । समावेशी कानुन नबनेकोले नै ०७० र ०७४ को चुनावमा महिला उम्मेदवारको संख्यामा खासै फरक नपरेको उनको भनाइ थियो ।

महिला उम्मेदवार कम हुनुमा निर्वाचन प्रणाली, दलहरू या हाम्रो परम्परा के दोषी हो ? पत्ता लगाउनुपर्ने उनले बताए ।

बैठकमा स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारीको अवस्था, संविधान एवं कानूनको मर्म र अबको बाटोका विषयमा छलफल भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend