
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेको बताएका छन्। आईतवार काठमाडौंमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसरार बिरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।
उनले लागु पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाँणले लागु औषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । उनले युवा पुस्तालाई दुव्र्यसनबाट कसरी बचाउने भन्नेकुरा सरकार र समाज सबैको दायित्व भएको पन िबताए । गृहमन्त्री खाँणले लागु औषध दुव्र्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए । उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताए ।
उनले भने, ‘लागुपदार्थ चुनौतीको रुपमा अघि बढेको छ । लागु पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । आज सबैभन्दा बढी प्रभाग युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुव्र्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो । सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ । आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्नेछ । आज बाट नै लागु पदार्थबाट मुक्त हुनुहोस् ।’
गृहमन्त्री खाँणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागु पदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजार भन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend