काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसकेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन उनले ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।