काठमाडौं । प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गरेका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सभा सदस्य खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गरेका हुन् ।
उनले सरकारले सुशासनको प्रत्याभुति हुने गरी काम गर्न नसकेको भन्दै सुशासन प्रत्याभुति हुने गरी काम हुनुपर्ने धारणा राखे ।