logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ: राष्ट्रपति भण्डारी

    आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ: राष्ट्रपति भण्डारी

    4.8K
    Shares
    आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ: राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएकी छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले अनियन्त्रित वन विनास र फँडानीलाई रोकी वन जङ्गलको संरक्षण एवं दिगो व्यवस्थापन गर्न राज्यले विभिन्न संवैधानिक, नीतिगत एवं कानुनी व्यवस्था गर्दै आएको सन्दर्भमा वनको संरक्षण गरी त्यसको सदुपयोगमार्फत स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्ने उद्देश्य लिएर सामुदायिक वनको अवधारणा अभ्यासमा आएको केही दशक पूरा भइसकेकाले सामुदायिक वनको अभ्यास आज देशव्यापी रूपमा सफलतापूर्वक लागू भई अन्तर्राष्ट्रिय जगतमा असल अभ्यासको रूपमा स्थापित भएको उल्लेख गरिन्।

    उनले नेपाली संस्कृतिमा प्रकृतिसँग एकाकार भएर बाँच्ने, वन जङ्गल तथा विशेष प्रकृतिका रुख विरुवा एवं जीवजन्तुको पूजा अर्चना गर्ने लामो परम्परा रहिआएको तथा प्रकृति र मानिसबीच पारस्परिक निर्भरताका कारण व्यक्ति, परिवार, समुदाय र राष्ट्रकै समृद्धिको निम्ति वन जङ्गल अति महत्वपूर्ण प्राकृतिक स्रोतका रूपमा रहेको वर्तमान समयमा जलवायु परिवर्तनबाट उत्पन्न भएका दुष्प्रभावलाई रोक्न वन क्षेत्रले अतुलनीय भूमिका खेलिरहेको पनि बताइन् ।

    राष्ट्रपति भूस्खलन रोक्न तथा माटो संरक्षण गर्नसमेत वन जङ्गल नै सबैभन्दा प्रभावकारी माध्यम बनेकाले जागरुक नागरिकले आज नेपालका सामुदायिक वनले हाम्रा मैदान, चुरे क्षेत्र र पहाडलाई हरियालीमा रूपान्तरण गरेको वनलाई नागरिकको जीवनयापनसँग एकाकार गरी हरित अर्थतन्त्रतर्फ पाइला चाल्नमा पनि सामुदायिक वनले नेतृत्व गरिरहेको उल्लेख गरिन् । –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend