logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्छः नविना लामा

    हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्छः नविना लामा

    5.3K
    Shares
    हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्छः नविना लामा

    काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । सोमवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताएकी हुन् ।

    उनले काठमाडौंमा विशेष गरेर बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महंगीको बेलामा सुलभ उपचारको व्यवस्था मिलाउन सरकारस्ँग माग गरिन् । सांसद लामाले सरकारले हैजाको बारेमा मूल्यवृद्धिको चापमा परेका जनताको समस्यालाई बुझ्ने गरेर उपचार हुने व्यवस्था गर्नुपर्ने बताइन् ।

    उनले भनिन्, ‘अहिले विशेष गरेर बच्चाहरुमा झाडा पखाला, हैजाजस्ता रोगहरु लागिरहेको छ । त्यो पनि काठमाडौंमा बच्चाहरुमा धेरै देखिएको छ । यसको बारेमा सामान्य जनताले यस्तो महंगी र मूल्यवृद्धिको बेलामा चुलो बाल्न मुस्किल भएको बेलामा यस्तो रोग आउँदा उपचार पाउँछ कि पाउँदैन ? यस्तो त्रासमा जनता छन् । सरकारको योजना के छ ? त्यसको बारेमा गम्भीर बन्नुपर्छ । रोकथामको निम्ति सरकारले रोगलाई न्यूनिकरण गर्नको निम्ति विभिन्न जनचेतनामुलक कार्यक्रमहरु प्रादेशिक तहदेखि वडासम्म पु¥याउन यसको योजना तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ ।’

    सांसद लामाले हैजा रोकथाम र न्यूनिकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend