
मोरङ । मोरङको रंगेली नगरपालिका–७ मा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मंगलबार दिउँसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को.१ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोही स्कुलका ४ बर्षीय रितिक मण्डल र बर्षीया सुनम कुमारी मण्डललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट घाइते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएको थियो। रितिकको अस्पतालमा पुर्याउनका साथ मृत्यु भएको थियो।
सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भइरहेको छ। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend