logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तिमा २१ को मृत्यु

    युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तिमा २१ को मृत्यु

    3.1K
    Shares
    युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तिमा २१ को मृत्यु

    एजेन्सी । युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन्। पछिल्लो घटनामा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ।

    देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

    घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

    सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो। आक्रमण भएको भवनमा झण्डै एक सय जना बस्दै आएका थिए। उक्त भवन अहिले क्षतिग्रस्त भएको छ ।

    स्थानीय समय अनुसार शुक्रबार राति १ बजे आक्रमण भएको हो। घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन्।

     

    रुसी अधिकारीहरूले भने आक्रमण नभएको दावी गरेका छन्। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले शुक्रबार भएको आक्रमण पनि अस्वीकार गरेका छन्।

    कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको उनको दाबी छ।

    गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ। आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रुपमा विश्वभरि नै असर परेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend