सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पहिरोका कारण दशरथचन्द राजमार्ग अवरुद्ध

पहिरोका कारण दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी । सडक माथिबाट खसेको पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

आज दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

राजमार्ग अवरुद्ध बनेसँगै बझाङ, बैतडी र दार्चुलाका गाडीहरू बीचबाटोमा अलपत्र परेका छन् । राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend