logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीसँग भेट गर्ने निर्वाचन आयोगको तयारी

    चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीसँग भेट गर्ने निर्वाचन आयोगको तयारी

    2.6K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आगामी प्रदेश र संघको चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीलाई भेटेर छलफल गर्न समय मागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

    ‘आगामी प्रदेश र संघको चुनाव गर्न प्रधानमन्त्रीज्यूसँग समय मागेका छौँ । आज मिलेन । भोलि वा पर्सीसम्म समय मिल्छ होला’, थपलियाले भने, ‘त्यसपछि चुनावका लागि दिन प्रस्ताव गर्नेछौँ ।’ थपलियाले कात्तिक ३० गते वा मंसिरको पहिलो साता मिति प्रस्ताव गर्ने तयारी गरिएको बताए ।

    कात्तिक महिनामा तिहार र छठ भएकाले मंसिर पहिलो साता चुनाव गर्न सुझाव आएको बताइएको छ । सबै सुझाव अध्ययन गरेर आयोगले उपयुक्त दिन चुनावको प्रस्ताव गर्नेछ भने लगत्तै मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

    आयोगले प्रदेश र संघको चुनाव एकै चरणमा गर्न सकिने भन्दै सोही अनुसार तयारीमा जुटिसकेको छ । प्रदेश र संघको चुनाव एकै चरणमा गर्दा खर्चपनि कम हुने आयोगको विश्लेषण छ ।

    एकै चरणमा चुनाव गर्नेगरी आयोगले सरकारलाई दबाब दिएको छ । सुरक्षा संयन्त्रले भने दुई चरणमा चुनाव गर्दा सजिलो हुने राय दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend