शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आजको संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना धारणा राख्ने

आजको संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना धारणा राख्ने

Minister for Finance Janardan Sharma addressing the meeting of the House of Representatives in Kathmandu, on August 10, 2021. Photo: RSS

काठमाडौं । विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना धारणा राख्ने भएका छन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। सोही बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेको उनीनिकट स्रोतले जानकारी दियो।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन्।

बैठकमा सहभागी माओवादी नेता हरिबोल गजुरेलले अर्थमन्त्री शर्माले आज आफ्नो कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको बताए।

आर्थिक वर्ष २०७९\८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ।

मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनु पर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने माग चौतर्फी उठिरहेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend