शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अर्थमन्त्रीले राजीनामा दिएपछि मात्रै छानबिन समिती बनाउनुपर्ने एमालेको शर्त

अर्थमन्त्रीले राजीनामा दिएपछि मात्रै छानबिन समिती बनाउनुपर्ने एमालेको शर्त

Minister for Finance Janardan Sharma addressing the meeting of the House of Representatives in Kathmandu, on August 10, 2021. Photo: RSS

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने शर्त अघि सारेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानविनको माग गर्दै आएको थियो । सत्तारुढ दलहरु सुरुमा संसदीय समिति गठनका लागि तयार भएनन् ।

बरु अर्थमन्त्रालयले १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने भन्दै बजेट निर्माणको समयको फुटेज मेटिएको बतायो । त्यसैले अहिले अर्थमन्त्री शर्मामाथि राजीनामाको चर्को दबाव परेको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबारे छलफल भएको थियो ।

बुधबार बिहान माओवादी संसदीय छानबिन समिति बनाउन तयार भएको थियो । त्यसअघि अर्थमन्त्री शर्माले संसदमा बोल्ने भन्दै माओवादी नेताहरुले एमाले नेताहरुसँग छलफल गरेका थिए ।

तर एमालेले शर्मालाई स्पष्टीकरण दिने अवसर नदिने अडान मात्र लिएन, संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको छ । छलफलमा सहभागी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले त्यसको पुष्टि गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend