शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अर्थमन्त्रीबारे छानबिनका लागि संसदीय समिति बनाउन एमाले सहमत

अर्थमन्त्रीबारे छानबिनका लागि संसदीय समिति बनाउन एमाले सहमत

Minister for Finance Janardan Sharma addressing the meeting of the House of Representatives in Kathmandu, on August 10, 2021. Photo: RSS

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८०७९ को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।

पछिल्लो पटक राजीनामाको माग उठ्न थालेपछि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे छलफल भएको थियो । लगत्तै माओवादी संसदीय समिति बनाउन तयार भयो ।

छानबिन समिति गठन गर्नुपूर्व अर्थमन्त्री शर्माले संसदमा आफ्नो धारणा राख्न चाहेका थिए । एमाले भने उनलाई स्पष्टीकरणको अवसर दिन तयार भएन, बरु संसदीय समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको थियो ।

तर यो नैतिक प्रश्न भएकाले एमालेले उठाउने र संसदीय समिति बनाएर अघि बढ्ने सहमति भएको छ । समितिको सदस्य संख्या भने टुंगो लागेको छैन ।

एमालेले सांसद संख्याको अनुपातमा आफ्नो उपस्थिति हुनुपर्ने र नेतृत्व पाउनुपर्ने माग गरेको छ । यसमा अरु दलहरु पनि सकारात्मक देखिएका छन् ।

अब सुरु हुने संसदमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्न सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend