शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राज्य प्रणालीको कमजोरीले राष्ट्रिय गौरवका आयोजना समयमा बन्न सकेनन्ः राज्यमन्त्री श्रेष्ठ

राज्य प्रणालीको कमजोरीले राष्ट्रिय गौरवका आयोजना समयमा बन्न सकेनन्ः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । राज्यमन्त्री उमेश श्रेष्ठले राज्य सञ्चालन प्रणालीको कमी, कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना समयमै नसकिएको दाबी गरेका छन् । बुधवार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले राज्यको नीति, नियमको प्रणालीमा भएको कमी कमजोरीले समयमै काम नसकिने गरेको बताए । राज्यमन्त्री श्रेष्ठले नीति नियमको कमी कमजोरीका साथै ढिलासुस्ती र ठेकेदारको काममा ढिलाइ हुँदा यो अवस्था सिर्जना भएको बताए । उनले प्रधानमन्त्री कार्यालयमा सिसिटिभी जडान गरेर काम प्रगतिको विवरणका बारेमा नियाल्न आवश्यक रहेको बताए । उनले राष्ट्रिय गौरवका आयोजनाले राष्ट्रको उन्नती, प्रगतिलाई टेवा पु¥याउने भन्दै समयमै काम सकिनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो मुलुकमा किन काम हँुदैनन्, किन ढिलो हुन्छ ? २ वर्षमा हुनेकाम किन ८ वर्ष लाग्छ ? मलाई के लाग्छ भने यो हाम्रो सिस्टमको कमी कमजोरी, ढिलो गर्ने, ठेकेदारले काम कम गर्ने भएर जाँदा धेरै समय लाग्ने गरेको छ । प्रधानमन्त्री अफिसमा एउटा सिसिटिभी राखेर त्यसको प्रगति कति हो ? त्यो नियाल्नुपर्छ । राष्ट्रिय गौरवको आयोजना भनेको राष्ट्रको उन्नती प्रगतिलाई असाध्यै ठूलो टेवा पु¥याउँछ । त्यसैले यस्ता काम समयमै सक्नुपर्छ । समयमै हुनुपर्छ । तर कतिपय ठाउँमा कर्मचारीहरुको सरुवाका कारण धेरै असहज भइरहेको छ । कुनैपनि योजना समयमा हुन सकेको छैन । यसलाई कसरी सहजीकरण गर्ने र कसरी नेपाललाई समृद्ध बनाउने भन्ने कुरामा सरकार र प्रधानमन्त्री कार्यालय लागिरहेको छ ।’

राज्यमन्त्री श्रेष्ठले समयमै काम सक्ने कुरामा कर्मचारीहरुको सरुवा पनि बाधक बन्ने गरेको उल्लेख गरे । उनले यसलाई सहजीकरण गर्न र नेपाललाई समृद्ध बनाउन सरकार र प्रधानमन्त्री कार्यालय लागिपरेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend