मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

राष्ट्रियसभामा दुई विधेयक पेश

राष्ट्रियसभामा दुई विधेयक पेश

काठमाडौं । राष्ट्रियसभामा दुई विधेयक पेश गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियम० विधेयक–२०७९ पेश गरेका हुन् ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए । यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मन्त्रिपरिषद् सदस्यको नाम पढेर सुनाएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend