logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तानसेन–बुटवल सडक खण्ड सुरक्षित रुपमा यातायात संचालन हुनेगरी व्यवस्था मिलाउन माग

    तानसेन–बुटवल सडक खण्ड सुरक्षित रुपमा यातायात संचालन हुनेगरी व्यवस्था मिलाउन माग

    2.3K
    Shares
    तानसेन–बुटवल सडक खण्ड सुरक्षित रुपमा यातायात संचालन हुनेगरी व्यवस्था मिलाउन माग

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडक खण्ड सुरक्षित रुपमा यातायात संचालन हुनेगरी आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रानाले यस्तो माग गरेका हुन् ।

    उनले सो सडक खण्डमा जुनसुकै बेला पनि सुख्खा पहिरो जान सक्ने, ढुंगा खस्न सक्ने, भाँसिने समस्या रहेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । सांसद रानाले भने, ‘नेपालका जोखिमयुक्त सडकहरुमध्ये सिद्धार्थ राजमार्गका तानसेन–बुटवल खण्ड पनि एक हो । यहाँ जुनसकै बेला सुख्खा पहिरो जाने, ढुंगो खस्ने, पहिरो जाने, सडक भाँसिने गरेर प्रत्येक वर्ष सवारी साधन तथा मानवीय क्षेति पु¥याइरहेको छ । यो सडकमा नहिँडी उपाय छैन, तर सुरक्षित छैन । सरकारले प्राथमिकताका साथ सडक सुधार पनि गर्दैन । त्यसैले जनाले यो सडकलाई मृत्यमार्ग घोषणा गरेका छन । उक्त सडक खण्डमा तत्काल पहिरो पन्छाउने, कालोपत्रे गर्ने काम गरी सुरक्षित रुपमा यातायात संचालन गर्ने व्यवस्था गर्न सरकारको ध्यान जाओस् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend