शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अर्थमन्त्रीको राजीनामा आएपछि बिदा छोट्याएर मन्त्रालय फर्किए अर्थसचिव मरासिनी

अर्थमन्त्रीको राजीनामा आएपछि बिदा छोट्याएर मन्त्रालय फर्किए अर्थसचिव मरासिनी

काठमाडौं । बुधबार अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी कार्यालय फर्किएका छन् ।

श्रीमती बिरामीको बहानामा बिदा बसेका अर्थसचिव मरासिनी अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिए आज बिहीबार मन्त्रालयमा हाजिर भएका हुन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए ।

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएकोबारे मन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी बिदामा बसेका थिए ।

श्रीमती बिरामी भएपछि आफू बिदामा बस्न लागेको जानकारी उनले मन्त्रालयमा गराएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend