logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • त्रिभुवन विश्व विद्यालयमा प्रश्नपत्र सम्बन्धि भएको बेस्थिति रोक्न सरकारलाई ध्यानाकर्षण

    त्रिभुवन विश्व विद्यालयमा प्रश्नपत्र सम्बन्धि भएको बेस्थिति रोक्न सरकारलाई ध्यानाकर्षण

    2.4K
    Shares
    त्रिभुवन विश्व विद्यालयमा प्रश्नपत्र सम्बन्धि भएको बेस्थिति रोक्न सरकारलाई ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय सभा सदस्य सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्व विद्यालयमा प्रश्नपत्र सम्बन्धि भएको बेस्थिति रोक्न सरकारलाई ध्यानाकर्षण गराएकी छन् । मंगलवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद रावल थापा पार्वतीले त्रिभुवन विश्व विद्यालयको गत वर्षको स्नातकोत्तर परिक्षा र यस वर्षको परिक्षामा एउटै प्रश्न दोहोरीएको विषय बाहीर आएकाले यस्तो खालको बेस्थिति सरकारले रोक्नु पर्ने बताइन् ।

    उनले स्नातकोत्तर र स्नातक परिक्षको प्रश्नपत्र अङग्रजीमा र उत्तर लेख्दा नेपाली र अङग्रजी दुबैमा खुल्ला भएकाले यो व्यवस्था प्रश्नपत्र पनि नेपाली अङग्रजी दुबैमा राख्नु माग गरेकी छन् ।

    उनले भनिन्,‘ वर्तमान परिस्थिती वेस्थिति बेस्थिती सरकार छ की छैन । थाहा छैन । त्रिभुवन विश्व विद्यालय हामी सबैको आवस्थाको धरोहर हो । त्रिवीको गत वर्षको स्नातकोत्तर परिक्षा र यस वर्षको परिक्षा एउटै प्रश्न दोहोरीएको छ । यो स्नातकोत्तर मात्रै कुरा होइन भर्खरै स्नातक तहको परिक्षामा पनि त्यही घटना दोहोरीएको छ । त्यो बेस्थिती कहिलेसम्म । हामी नेपाली हाम्रो नेपाल,हाम्रो राष्ट्रिय भाषा नेपाली हो संविधान र कानूनले नेपाली भाषालाई चिन्छ । तर हामीले बढ्ने स्नातकोत्तर र स्नातक अङग्रजीमा मात्रै आउँछ । उत्तर लेख्दा नेपाली र अङग्रजी दुबैमा खुल्ला छ । यस्तो हुँदा धेरै विद्यार्थीहरु फेल हुने अवस्था आएको छ । प्रश्नपत्र नेपाली अङग्रेजी दुबै र उत्तर पनि दुबैमा कायम गरियोस भन्ने सम्बन्धित निकायलाई धानाकर्षण दिन चाहान्छु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend